धादिङ उद्योग वाणिज्य संघका पदाधिकारीलाई स्वागत

तनहुँ उद्योग वाणिज्य संघको सभाकक्षमा संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष विष्णुप्रसाद थपलियाको नेतृत्वमा आएको २८ सदस्यीय अध्ययन अवलोकन भ्रमण टोलीको स्वागत एवं सम्मान कार्यक्रम सम्पन्न गरिएको छ । उक्त अवसरमा तनहँु उद्योग वाणिज्य संघ र धादिङ उद्योग वाणिज्य संघद्धारा सञ्चालित गतिविधि एवं दुई संघबिच सहाकार्यका सम्भावित क्षेत्रहरुको बारेमा ब्यापक छलफल भएको थियो । सो कार्यक्रमको सञ्चालन तनहुँ उद्योग वाणिज्य संघका कार्यकारी सचिव सीता गुरूङले सञ्चालन गरेको थिए भने कार्यक्रममा संघका प्रथम उपाध्यक्ष श्री ईमकुमार मल्ल, महिला उद्यमी विकास समिति सभापति श्री शकुन्तला आले, संघका कार्यसमिति सदस्यहरु, आमन्त्रीत सदस्य, दमौली बजार इकाई समितिका पदाधिकारी एर्व सदस्यहरु, धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष विष्णुप्रसाद थपलिया, पदाधिकारीहरु, पूर्वअध्यक्षहरु र कार्यसमिति सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रममा स्वागत मन्तब्य राख्दै तनहुँ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष इमकुमार मल्लले दुई संघबिच आगामि दिनमा व्यवसायी सम्बन्ध अझ विस्तार हुने विस्वास व्यक्त गरे । उक्त कार्यक्रममा तनहुँ उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समितिका सभापति श्री शकुन्तला आलेले शुभकामना मन्तब्य राखेको थिए भने दुबै संघका व्यवसायीहरूद्धारा प्रस्तुत जिज्ञासाको समाधान तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ र धादिङ उद्योग वाणिज्य संघका अध्यक्षले दिनुभएको थियो । सो अबसरमा दुबै संघबिच मायाको चिनो समेत आदान प्रदान भएको थियो । संघको गतिबिधिको बारेमा संक्षिप्त जानकारी गराउँदै कार्यक्रमको समापन संघका अध्यक्ष श्री पविन्द्रकुमार श्रेष्ठले गर्नुभएको जानकारी संघका प्रशासन सहायक विनोद कुमार गोशलीले दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *