सातौं तनहुँ महोत्सव–२०७५

“तनहुँ महोत्सव हाम्रो आधार, आर्थिक सामाजिक विकासको पूर्वाधार” भन्ने मूल नाराका साथ यही मिति २०७५ फाल्गुण १७ गतेदेखि २६ गतेसम्म व्यास–३, वि.पि. वनवाटिमा, दमौली तनहुँमा, तनहुँ उद्योग वाणिज्य संघको आयोजनामा सातौं तनहुँ महोत्सव–२०७५ सम्पन्न हुन गईरहेको छ ।

व्यवसायी भलाई एवं सम्मान कोष स्थापना

तनहुँ उद्योग वाणिज्य संघको मिति २०७५ साल पौष २ गते बसेको जिल्ला कार्यसमितिको बैठकको निर्णय अनुसार एवं संघको ३३औं वार्षिक साधारण सभाबाट पारित भावी कार्यक्रम अन्तर्गत संघका सदस्य व्यवसायीहरूबाट एक पटकको लागि मात्र व्यवसायी भलाई एवं सम्मान कोष स्थापनार्थ प्रति सदस्य रू. २,०००/– (अक्षरूपी दुई हजार मात्र) रकम संकलन गर्ने र स्थापित कोषको ब्याजबाट प्राप्त आम्दानीले संघको बाहालवाला नवीकरण कायम रहेको सदस्यको कुनै आकस्मिक घटना घटी मृत्यु हुन गएमा सहयोग स्वरूप रू. २,१५,०००/– (अक्षरूपी दुई लाख पन्ध्र हजार मात्र) र सामान्य अवस्थामा काल गतिले मृत्यु भएमा सहयोग स्वरूप रू. १,२५,०००/– (अक्षरूपी एक लाख पच्चीस हजार मात्र) उपलब्ध गराउने निर्णय भएकोले सो प्रयोजनार्थ सम्पूर्ण सदस्यहरूसँग प्रति फर्म रू. २,०००/– (अक्षरूपी दुई हजार मात्र) संकलन गरी संघको सचिवालयमा उपलब्ध गराउनको लागि आवश्यक व्यवस्था मिलाई सहयोग गर्नुहुनु सम्पूर्ण १२ बजार इकाई समितिका सभापतिहरूलाई अनुरोध छ ।

ईमकुमार मल्ल
महासचिव

तनहुँ उद्योग वाणिज्य संघको ३३औं वार्षिक साधारण सभाको अत्यन्त जरूरी सूचना

तनहुँ उद्योग वाणिज्य संघको ३३औं वार्षिक साधारण सभा २०७५ साल पौष ७ गते शनिवारका दिन बिहान ११ः३० बजे संघको सभाकक्षमा पूर्व अर्थमन्त्री डा. रामशरण महतज्यूबाट समुद्घाटन भई सोही दिन दिनको ३ः३० बजे संघकै सभाकक्षमा बन्द सत्र कार्यक्रम तय गरिएकोले सम्पूर्ण सदस्य व्यवसायीहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध छ ।

१५औं महाधिवेशन एवं ३२औं वार्षिक साधारण सभा सम्बन्धमा

मिति २०७४ पौष २८ र २९ गते तनहुँ उद्योग वाणिज्य संघको १५औं महाधिवेशन एवं ३२औं वार्षिक साधारण सभा संघको सभाकक्ष दमौली तनहुँमा सु–सम्पन्न हुँदै छ । Continue reading

प्रधानमन्त्री दैवी प्रकोप कोषलाई राहत प्रदान

तनहुँ उद्योग वाणिज्य संघको तर्फबाट श्रावण महिनामा आएको भिषण बाढीको कारणले तराई क्षेत्रमा भएको अपार धनजन एवं सम्पत्तिको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै पीडित परिवारजनलाई राहत Continue reading

समन्वय समितिका पदाधिकारीलाई बधाई

तनहुँ उद्योग वाणिज्य संघको सभाकक्षमा आज संघका अध्यक्ष श्री कृष्णराज पण्डितज्यूको अध्यक्षतामा जिल्ला समन्वय समितिको प्रमुख पदमा हालसालै निर्वाचित संघका पूर्व अध्यक्ष Continue reading