तनहुँ उद्योग वाणिज्य संघको मिति २०७५ साल पौष २ गते बसेको जिल्ला कार्यसमितिको बैठकको निर्णय अनुसार एवं संघको ३३औं वार्षिक साधारण सभाबाट पारित भावी कार्यक्रम अन्तर्गत संघका सदस्य व्यवसायीहरूबाट एक पटकको लागि मात्र व्यवसायी भलाई एवं सम्मान कोष स्थापनार्थ प्रति सदस्य रू. २,०००/– (अक्षरूपी दुई हजार मात्र) रकम संकलन गर्ने र स्थापित कोषको ब्याजबाट प्राप्त आम्दानीले संघको बाहालवाला नवीकरण कायम रहेको सदस्यको कुनै आकस्मिक घटना घटी मृत्यु हुन गएमा सहयोग स्वरूप रू. २,१५,०००/– (अक्षरूपी दुई लाख पन्ध्र हजार मात्र) र सामान्य अवस्थामा काल गतिले मृत्यु भएमा सहयोग स्वरूप रू. १,२५,०००/– (अक्षरूपी एक लाख पच्चीस हजार मात्र) उपलब्ध गराउने निर्णय भएकोले सो प्रयोजनार्थ सम्पूर्ण सदस्यहरूसँग प्रति फर्म रू. २,०००/– (अक्षरूपी दुई हजार मात्र) संकलन गरी संघको सचिवालयमा उपलब्ध गराउनको लागि आवश्यक व्यवस्था मिलाई सहयोग गर्नुहुनु सम्पूर्ण १२ बजार इकाई समितिका सभापतिहरूलाई अनुरोध छ ।
ईमकुमार मल्ल
महासचिव