प्रधानमन्त्री दैवी प्रकोप कोषलाई राहत प्रदान

तनहुँ उद्योग वाणिज्य संघको तर्फबाट श्रावण महिनामा आएको भिषण बाढीको कारणले तराई क्षेत्रमा भएको अपार धनजन एवं सम्पत्तिको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै पीडित परिवारजनलाई राहत स्वरूप संघको तर्फबाट संघका अध्यक्ष कृष्णराज पण्डितले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग स्वरूप रू. ५१,१११/- (अक्षरेपि एकाउन्न हजार एक सय एघार मात्र) तनहुँका प्रमुख जिल्ला अधिकारी रितेशकुमार शाक्य मार्फत आज प्रमुख जिल्ला अधिकारीकै कार्यकक्षमा हस्तान्तरण गरियो ।
सो हस्तान्तरण कार्यक्रममा संघका प्रथम उपाध्यक्ष ईश्वरबहादुर बिष्ट, महासचिव बैकुण्ठनाथ मिश्र, कोषाध्यक्ष कृष्णकुमार श्रेष्ठ, कार्यसमिति सदस्य सुनिल श्रेष्ठ, प्रेमकुमार श्रेष्ठ, कार्यकारी सचिव विश्वेश्वर तिमल्सेना लगायतको सहभागिता रहेको संघका प्रशासन सहायक विनोदकुमार गोशलीले जानकारी दिए ।
सहयोगको लागि प्रमुख जिल्ला अधिकारी शाक्यले संघलाई धन्यवाद ज्ञापन गरेका थिए भने संघका अध्यक्ष पण्डितले आगामी दिनमा समेत देशका जुनसुकै भागमा आइपर्ने प्राकृतिक विपदमा व्यवसायीहरूको साथ र सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *