समन्वय समितिका पदाधिकारीलाई बधाई

तनहुँ उद्योग वाणिज्य संघको सभाकक्षमा आज संघका अध्यक्ष श्री कृष्णराज पण्डितज्यूको अध्यक्षतामा जिल्ला समन्वय समितिको प्रमुख पदमा हालसालै निर्वाचित संघका पूर्व अध्यक्ष शान्तिरमण वाग्ले र जिल्ला समन्वय समितिको सदस्य पदमा निर्वाचित संघका पूर्व कार्यसमिति सदस्य केशबहादुर सुनारलाई एक कार्यक्रमका बीच बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरियो ।
सो बधाई कार्यक्रममा उपस्थित प्रमुख एवं सदस्य सुनार लगायत सम्पूर्ण महानुभावहरूलाई स्वागत गर्दै संघका अध्यक्ष कृष्णराज पण्डितले संघमा विगतमा नेतृत्व सम्हालेर हाल जिल्ला समन्वय समितिको नेतृत्वमा पुग्नु भएकोमा पूर्व अध्यक्ष वाग्लेलाई बधाई ज्ञापन गर्दै व्यापारी र व्यवसायीको हकहितमा र समग्रमा तनहुँको सन्तुलित विकासमा लागिदिनुहुन प्रमुख वाग्लेलाई अनुरोध गर्दै जिल्लाको समग्र विकासमा उद्योगी व्यवसायीको साथ सदा रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
सो स्वागत तथा सम्मान कार्यक्रममा सम्मानित व्यक्तित्वहरूलाई संघका अध्यक्ष, पूर्व अध्यक्ष, पदाधिकारी, कार्यसमिति सदस्य एवं व्यवसायीहरूले दोशल्ला, माला, टिका, खादा लगाएर सम्मान समेत गर्नुभएको थियो । सो कार्यक्रममा तनहुँ उद्योग वाणिज्य संघ, दमौली बजार इकाई समितिका सभापति कृष्ण आचार्य, संघका पूर्व अध्यक्ष मंगलप्रसाद श्रेष्ठ, संघका पूर्व अध्यक्ष एवं नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष मोहनकुमार बि.क. लगायतले शुभकामना मन्तव्य राखेका थिए भने उपस्थित महानुभावहरूलाई संघका प्रथम उपाध्यक्ष ईश्वरबहादुर बिष्टले धन्यवाद ज्ञापन गरेका थिए साथै कार्यक्रमको सञ्चालन संघका महासचिव बैकुण्ठनाथ मिश्रले गरेको जानकारी तनहुँ उद्योग वाणिज्य संघले दिए ।
उक्त कार्यक्रममा संघका द्वितीय उपाध्यक्ष हस्तबहादुर खड्का, कोषाध्यक्ष कृष्णकुमार श्रेष्ठ, महिला उद्यमी विकास समितिका सभापति विष्णुमाया डल्लाकोटी, कार्यसमिति सदस्यहरू, आमन्त्रित सदस्यहरू, उद्योगी, व्यवसायी एवं पत्रकारहरूको समेत उपस्थिती रहेको थियो ।
सो कार्यक्रममा हाल काठमाण्डौंमा उपचारको क्रममा रहनुभएकोले संघका निवर्तमान अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य देवकुमार श्रेष्ठको शुभकामना मन्तव्य संघका महासचिव बैकुण्ठनाथ मिश्रले पढेर सुनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *